
नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको सहजताको लागि दुई समिति गठन गरेको छ ।
आइतबारबाट तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकको सहजताका लागि एमालेले सूर्य थापा र राजेन्द्र गौतमको संयोजकत्वमा दुई समिति गठन गरेको हो ।
थापा नेतृत्वमा बहस नोट समिति गठन भएको छ । जसमा विष्णु रिजाल र निरज आचार्य सदस्य छन् । त्यस्तै, समसामयिक प्रस्ताव समितिको संयोजक प्रचार विभाग प्रमुख गौतम बनेका छन् । यो समितिमा रघुजी पन्त र खगराज अधिकारी सदस्य छन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । ओलीले कांग्रेससँग समीकरण बनाउनुपर्नाको कारण, सरकारमाथि चौतर्फी हमला, घेराबन्दी, चुनौती, एमालेका भावी कार्यक्रम, अभियानसहितका विषयमा प्रस्तुत तयार गरेका छन् ।
यसैको सहजताको लागि एमालेले दुई समिति गठन गरेको जनाएको छ । बैठकमा सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको छ । कांग्रेससँगको समीकरण बनेपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।
केन्द्रीय कार्यालय च्यासलमा एमालेको बैठक तीन दिन चल्नेछ ।