२२ असार २०८३, सोमबार

'स्मार्ट दरबार'मा माओवादी केन्द्रीय कमिटी बैठक

पुस २१, २०८१
काठमाडौं
'स्मार्ट दरबार'मा माओवादी केन्द्रीय कमिटी बैठक

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा शुरू भएको छ ।

धुम्बराहीस्थित ‘स्मार्ट दरबार’ पार्टी प्यालेसको सभाहलमा आइतबार अपरान्ह बैठक शुरू भएको हो । 

गत असार अन्तिममा सरकारबाट बाहिरिएपछि बसेको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने नेताहरूले बताएका छन् । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय कमिटी बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । 

स्थायी कमिटी बैठकबाट आगामी चुनावमा एक्लै लड्ने नीति पारित गरेको माओवादीले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

४ सय ९ जना पूर्ण केन्द्रीय सदस्य र २ सय वैकल्पिक सदस्यहरू पार्टी कार्यालयको हलमा अट्न सम्भव नरहेका कारण पार्टी प्यालेस रोजिएको माओवादी केन्द्रीय कार्यालय स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्