३१ असार २०८३, बुधबार

देउवालाई सत्ता हस्तान्तरण गर्ने विषय ओलीको प्रतिवेदनको अनुसूचीमा

पुस २१, २०८१
काठमाडौं
देउवालाई सत्ता हस्तान्तरण गर्ने विषय ओलीको प्रतिवेदनको अनुसूचीमा
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिलाई राजनीतिक प्रतिवेदनमा समावेश गरेका छन् ।

आइतबार शुरू केन्द्रीय समिति बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई अनुसूचीमा समावेश गरिएको हो । 

‘नयाँ राजनीतिक कोर्स : आवश्यकता, औचित्य र अवसर’ शीर्षकको च्याप्टरमा कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई समावेश गरिएको छ ।

२०८३ असारमा कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने गरी भएको सहमति ओलीले यसअघि संसद्‌मै वाचन गरेका थिए । 

एमालेले राजनीतिक दस्तावेजमा समेत सो सहमतिलाई स्थान दिएर कांग्रेससँगको सहकार्यलाई थप मजबुत बनाउन खोजेको सन्देश दिएको छ ।

कांग्रेस एमालेको मुख्य प्रतिस्पर्धी मात्र नभई दुई दल लोकतान्त्रिक आन्दोलनको अगुवा र मुख्य ‘स्टेकहोल्डर’समेत रहेको ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्