२२ जेठ २०८३, शुक्रबार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा फर्किए

पुस २२, २०८१
काठमाडौं
एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा फर्किए

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले)मा फर्किएका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौं बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् ।

उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइन्चार्ज’ थिए । मकवानपुर निवासी उनी संविधानसभा सदस्यसमेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्