२३ जेठ २०८३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठक

एमाले केन्द्रीय सदस्यको प्रस्ताव– संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं

पुस २२, २०८१
काठमाडौं
एमाले केन्द्रीय सदस्यको प्रस्ताव– संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं

सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको विषयमा गृहकार्य चलिरहेको बेला एमालेका एक नेताले प्रत्यक्ष कार्यकारीको व्यवस्थामा जान प्रस्ताव गरेका छन् । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य टंक आङबुहाङले प्रत्यक्ष कार्यकारी व्यवस्थामा जानु पर्ने बताएका हुन् । 

आङबुहाङले संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जानुपर्ने प्रस्ताव राखेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको बहस गरेको एमालेले पछि प्रत्यक्ष कार्यकारीको एजेन्डा छाडिसकेको छ ।​

आइतबारको बैठकमा अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले संविधान संशोधनको बहस शुरू गर्नु पहिले प्राविधिक विषयमा सहमति गर्नुपर्ने बताएका थिए । 

१० वर्षमा आयोगको अवस्था रिभ्यु गर्ने विषयमा विवाद नहुने भए पनि कतिपय विषयमा प्रवेश गर्दा विवादको खतरा रहेकाले पहिला प्राविधिक विषय टुङ्ग्याउन उनले सुझाव दिएका थिए ।

कांग्रेस र एमालेबीच राजनीतिक स्थिरता दिनेगरी निर्वाचन कानूनमा संशोधन गर्नेबारे छलफल चलिरहेको छ । बोल्ने अधिकांश सदस्यहरूले संगठन सुदृढीकरणमा जोड दिएका छन् । कतिपय केन्द्रीय सदस्यहरूले कांग्रेससँगको सहकार्य कतिसम्म जाने भन्ने विषयमा पनि प्रश्न गरेका छन् ।

सोमबार चिया ब्रेकसम्म ६४ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

अरु ५४ जनाले बोल्नका लागि नाम टिपाएका छन् । प्रत्येक सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ । ​

आइतबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्