२१ जेठ २०८३, बिहीबार

नेपाल लाइफ क्यापिटलको ११ औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा लामिछाने

पुस २३, २०८१
काठमाडौं
नेपाल लाइफ क्यापिटलको ११ औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा लामिछाने

नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

यही पुस १९ गते शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै, आव २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरिएको प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले जानकारी दिए ।

सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् । 

साथै, वार्षिक साधारणसभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११० औं बैठकले कृष्णराज लामिछानेलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्