
लेखक तथा पत्रकार राजेश खनालद्वारा लिखित चिकित्साका चौध तारा नामक पुस्तक सार्वजनिक गरिएको छ ।
रत्न पुस्तक भण्डाराद्वारा प्रकाशित पुस्तकमा मेडिकल साइन्स क्षेत्रका १४ जना हस्तीहरूको परिचय तथा उनीहरूको भोगाइ केलाउने प्रयास गरिएको छ ।
यस्ता स्वनाम धन्य हस्तीहरूमा वरिष्ठ चिकित्सक डा. कृष्णजंग राणा, वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दास, वरिष्ठ शल्यचिकित्सक प्राडा दिनेशनाथ गोङ्गल, वरिष्ठ बालरोग विशेषज्ञ प्राडा मणिरञ्जन बराल, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा मृगेन्दराज पाण्डे, वरिष्ठ आँखारोग विशेषज्ञ डा. यन्तमणि प्रधान र वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा रामप्रसाद पोखरेल रहेका छन् ।
यस्तै, वरिष्ठ शल्यचिकित्सक प्राडा लोकविक्रम थापा, वरिष्ठ शल्यचिकित्सक प्राडा विश्वराज दली, वरिष्ठ चिकित्सक डा. शंकरप्रसाद उप्रेती, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सरस्वती पाध्ये, वरिष्ठ शल्यचिकित्सक प्राडा सुदीपकुमार भट्टाचार्य, वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित, वरिष्ठ बालरोग विशेषज्ञ प्राडा हेमाङ्ग दीक्षित र अञ्जनीकुमार शर्मा रहेका छन् ।