
सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कञ्चनरूप नगरपालिका- ८ स्थित सडकमा मंगलबार राति ग २ ख ११७५ नम्बरको ट्रकले को ३३ प ७२४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका- ७ बस्ने २९ वर्षीय सुनिलकुमार साहको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।