३० असार २०८३, मंगलबार

माइग्रेनमा लाभदायक छ मरिच, तर कसरी ?

पुस २७, २०८१
काठमाडौं
माइग्रेनमा लाभदायक छ मरिच, तर कसरी ?

माइग्रेन टाउकोमा हुने अत्यन्तै कष्टदायक र असह्य पीडा हो । जसमा सामान्यतया टाउकोको एकतर्फि भागमा तीव्र पीडा महसुस हुन्छ। यो पीडा केही मिनेटदेखि केही दिनसम्म पनि निरन्तर रहन सक्छ। जाडो मौसममा माइग्रेनका बिरामीहरूको समस्या झन् बढ्ने गर्दछ। यस्तो अवस्थामा कालो मरिचको सेवन लाभदायक हुन सक्छ।

माइग्रेनको पीडा शारीरिक गतिविधि, तेज प्रकाश वा कडा आवाजका कारण अझ बढ्न सक्छ।

यो समस्या साना बच्चादेखि उमेर पुगेका मानिसहरूसम्म हुन सक्छ। पीडा बढ्दा बिरामीले वान्ता गर्ने, शरीर सुन्निने वा चक्कर लाग्ने समस्याहरू पनि भोग्नुपर्ने हुन्छ। तर, यसबाट राहत पाउने उपाय हाम्रो भान्सामा सजिलै उपलब्ध कालो मरिचबाट गर्न सकिन्छ।

आयुर्वेदका अनुसार कालो मरिच निकै लाभदायक मानिन्छ। यो रुघा-खोकी, भाइरल संक्रमण र फोक्सो सम्बन्धी समस्याहरू मात्र होइन, माइग्रेनको उपचारका लागि पनि अचूक मानिएको छ।

भारतको पञ्जाबस्थित बाबेके आयुर्वेदिक मेडिकल कलेज तथा अस्पतालका बीएएमएस, एमडी डाक्टर प्रमोद आनन्द तिवारीले माइग्रेनको पीडाका कारण र कालो मरिचको सही प्रयोगबारे जानकारी दिएका छन्।

उनी भन्छन्, ‘माइग्रेन केवल टाउकोमा हुने पीडा मात्र होइन, यो पूरै शरीरमा महसुस हुने तीव्र पीडा हो। जब शरीरभरका नसाहरू तन्किन्छन् र फेरि संकुचित हुन्छन्, त्यही कारणले माइग्रेनको पीडा हुने गर्छ। यो टाउकोको एकतर्फबाट शुरू भएर गर्दन, काँध, ढाड र हातसम्म फैलिन सक्छ।’

उनका अनुसार माइग्रेनको पीडाको सबैभन्दा ठूलो समस्या भनेकै यो शुरू भएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ। त्यसैले पीडा शुरू हुनुअघि नै तनावलाई कम गर्ने उपायको रूपमा औषधि लिने हो भने राहत मिल्न सक्छ।

डाक्टरले कालो मरिचको औषधीय गुणबारे बताउँदै भने, ‘माइग्रेनको पीडाबाट राहत पाउनका लागि बिरामीले दुई वा तीन वटा कालो मरिच मुखमा राखेर चपाउनु पर्छ। यसले उनीहरूलाई तुरुन्तै राहत महसुस हुन्छ।’

कालो मरिचमा ‘पिपेरिन’ नामक एक विशेष एन्जाइम हुन्छ, जसमा दुखाइ कम गर्ने गुण हुन्छ। यसले माइग्रेनको पीडाबाट आराम दिनमा महत्त्वपूर्ण भूमिका खेल्छ।

चिकित्सकहरूले सावधानी अपनाउन पनि सुझाव दिएका छन्। चिकित्सकहरूका अनुसार, कालो मरिचको तासीर तातो हुने भएकाले यसको अत्यधिक सेवनले नोक्सान पुर्‍याउन सक्छ। दुई वा तीन वटा कालो मरिचभन्दा बढी सेवन गर्नु हुँदैन। यसले नाकबाट रगत बग्ने समस्या हुन सक्छ।

salt training

कमेन्ट गर्नुहोस्