
ललितपुर १ मंसिर– राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापनाको मागगर्दै शिवसेना नेपालले शुक्रवार ललितपुरमा जुलुस निकालेको छ ।
ललितपुरको जावलाखेलबाट बाजागाजा सहित निकालिएको जुलुसका सहभागिहरुले राजतन्त्रको पक्षमा चर्को नारावाजी गरेका थिए ।
उनीहरुले आशन्न प्रदेश र प्रतिनिधि सभा चुनावको विरोध गरे । शिवसेना नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको मागगर्दै आन्दोलन गरिरहेको छ ।