१६ असार २०८३, मंगलबार

लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन प्रमाणीकरण

पुस २९, २०८१
बुटवल
लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन प्रमाणीकरण

लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन २०८० प्रमाणीकरण भएको छ ।  प्रदेश प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन । 

उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट दोस्रो पटक हुबहुँ पारित भएको थियो । नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा(१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिए । 

चौथो अधिवेसनबाट प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख समक्ष पठाइएको थियो । तर, प्रदेश प्रमुखले त्यो विधेयकलाई प्रमाणीकरण नगरेर सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका थिए । 

प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेरअघि बढाएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्