२६ जेठ २०८३, मंगलबार

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

माघ ३, २०८१
चितवन
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन् । 

चितवनको माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन पुगेका उनले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन नहुने बताएका हुन् । 

‘तपाईंहरू जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईंको समुदायको प्रगति हो’, प्रचण्डले भने ।

बोटे समुदायका अगुवाले आफ्नो समुदायको सांस्कृतिक घर आवश्यक भएकाले त्यो निर्माणमा सघाउन अध्यक्ष दाहालसँग अनुरोध गरे । 

salt training

कमेन्ट गर्नुहोस्