२० असार २०८३, शनिबार

करेन्ट लागेर १ जनाको मृत्यु

माघ ३, २०८१
काठमाडौं
करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने २७ वर्षीय रोशन माझी छन् ।

बूढानीलकण्ठ नगरपालिका- १३ स्थित नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा उनलाई बिहीबार दिउँसो करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्