
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो।
निगमले दुई न्यारोबडीको पुस महिनासम्मको पूरा र दुई वाइडबडीको आंशिक रकम बुझाएको जनाएको छ ।
वर्तमान व्यवस्थापन नेतृत्वले निगम सम्हालेपछि पुस मसान्तसम्म६ अर्ब ८५ करोड ९५ लाख १२ हजार ८१४ रूपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।