०८ साउन २०८३, शुक्रबार

न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजुरी आह्वान

माघ ४, २०८१
काठमाडौं
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजुरी आह्वान

न्याय परिषद् सदस्यमा सिफारिस दामोदर खड्काविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले शुक्रबार एक सूचना जारी गर्दै  खड्काविरुद्ध उजुरी आह्वान गरेको हो । 

जसअनुसार खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ । 

यसअघि बिहीबार बसेको संसदीय सुनुवाइ समिति बैठकले उनको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्