२५ असार २०८३, बिहीबार

नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

माघ ५, २०८१
काठमाडौं
नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई रहेका छन् । 

कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्टा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएका थिए ।

पीडितको उजुरीपछि कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्