२९ जेठ २०८३, शुक्रबार

नेपाल अन्तर्राष्ट्रिय पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल : उर्जामन्त्री खड्का

माघ ५, २०८१
काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल : उर्जामन्त्री खड्का

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको बताएका छन् । 

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ पर्यटक लक्षित ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् । 

खड्काले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउदै कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको समयमा नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ ले दुईदेशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको बताए । 

    दुईदेशबीचको सहमति कार्यान्वयनको सिलसिलामा अन्तर्गत नै भ्रमण वर्ष २०२५ आयोजना गरिएको उनले बताए । 
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्