१४ असार २०८३, आइतबार

गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने

माघ ६, २०८१
काठमाडौं
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने

 गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकले नेपालमा बिरामीको उपचार गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले पहिलो पटक उनीहरूलाई नेपालमा चिकित्सा अभ्यास गर्न लाइसेन्स दिने निर्णय गरेको हो । 

हाल मेडिकल काउन्सिलमा तीन जना गैरआवासीय चिकित्सकले नेपालमा चिकित्सा अभ्यास गर्न निवेदन दिएका छन् । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवले तीमध्ये एक जनालाई तत्काल लाइसेन्स दिइने बताए ।

पहिलो पटक गैरआवासीय चिकित्सकको लाइसेन्स पाउनेमा अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्वअध्यक्ष डा. भूपेश खड्का छन् । अन्य दुई जनाको निवेदन मात्र आएको तर लाइसेन्सका लागि आवश्यक कागजात र शुल्क नतिरेकाले हाललाई लाइसेन्स दिन नसकिएको उनले बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्