१८ असार २०८३, बिहीबार

भीमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु

माघ ६, २०८१
काठमाडौं
भीमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ । ​

शनिबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ​

पाख्रिनको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्