१० साउन २०८३, आइतबार

प्रहरी र बम पड्काउनेबीच गोली हानाहान, सुरक्षा चुनौती बढ्यो

प्रहरी र बम पड्काउनेबीच गोली हानाहान, सुरक्षा चुनौती बढ्यो

भोजपुर, २ मंसिर– भोजपुरको षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको छ ।

षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा आज अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।

टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो । सो बम पड्किँदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् ।

बम हटाउने क्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।

यसैबीच, आजै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको कुलुङमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेश (क) का उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभा स्थल नजिकै बम पड्किएपछि सभा तितरबितर भएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्