२९ असार २०८३, सोमबार

वाम गठबन्धनका नाममा लोकतन्त्र विरोधी शक्ति उदय भयो : देउवा

वाम गठबन्धनका नाममा लोकतन्त्र विरोधी शक्ति उदय भयो : देउवा

डडेल्धुरा, २ मंसिर - प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति ध्रुवीकरणतर्फ गइरहेको बताउनुभएको छ । 

गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको कैलपालमाण्डौमा आज आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनका नाममा नेपालमा लोकतन्त्र विरोधी शक्तिको जन्म भइरहेको बताउनुभयो । 

नेपाली जनता सधैँ लोकतन्त्रका पक्षमा रहिआएकाले लोकतन्त्र पक्षधर पार्टी काँग्रेस देशकै ठूलो पार्टी हुने दाबी गर्दै उहाँले कसैको डर, धम्कीमा नपरी निर्धक्क भएर मतदानमा संलग्न हुन सबैलाई अपिल गर्नुभयो । 

प्रधानमन्त्री देउवाले भोलि डडेल्धुराका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार अजयमेरु गाउँपालिकाको समैजी, चमडा र भागेश्वर गाउँपालिकाको रुपाल, आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको लालढुंगा बजारमा आयोजित चुनावी सभालाई उहाँले सम्बोधन गर्नुहुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्