३१ असार २०८३, बुधबार

ताइवानमा शक्तिशाली भूकम्प

माघ ८, २०८१
काठमाडौं
ताइवानमा शक्तिशाली भूकम्प

ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।  मंगलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

नेपाली समयनुसार राति १:४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । 

भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन ।

मिन्ट रिपोर्टका अनुसार ताइवानमा सन् २०२३ को अप्रिलमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्