२२ असार २०८३, सोमबार

निर्माण सामग्रीको मूल्य वृद्धिबारे संसदीय समितिले उद्योगमन्त्रीसँग जवाफ माग्ने

माघ ८, २०८१
काठमाडौं
निर्माण सामग्रीको मूल्य वृद्धिबारे संसदीय समितिले उद्योगमन्त्रीसँग जवाफ माग्ने
फाइल तस्वीर ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग जवाफ माग्ने भएको छ ।  

समितिको मंगलबारको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । 

बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे उद्योगमन्त्री  दामोदर भण्डारीलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए ।

समितिमा परेका उजुरीहरूको प्राथमिकता निर्धारण गर्ने र बढी महत्त्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

समितिले विभिन्न समयमा सरकारसँग माग गरेका अध्ययन प्रतिवेदन हालसम्म प्राप्त नभएकाले पुनः माग गर्ने, रासायनिक मलको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउने, हुलाकी राजमार्गलगायत विभिन्न सडकखण्डको काममा ढिलाई भएको विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको सभापति पोखरेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्