२९ असार २०८३, सोमबार

पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीमा जिम्मेवारी दिनेबारे विवाद

माघ ८, २०८१
काठमाडौं
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीमा जिम्मेवारी दिनेबारे विवाद

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन चाहेका छन् । त्यसका लागि उनले उपराष्ट्रपति हुनुअघि सक्रिय रहेको माओवादी र सो पार्टीका अध्यक्ष प्रचण्डसँग जिम्मेवारी मागेपनि अलमल भइरहेको छ । 

पार्टीभित्रै उनलाई राजनीतिमा सक्रिय गराउन नहुने आवाज उठेपछि जिम्मेवारी दिन समस्या भइरहेको बताइन्छ । 

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा पनि पुनलाई जिम्मेवारी दिनेबारे विवाद भएको छ । विवादकै कारण यस सम्बन्धमा कुनै निर्णय हुन नसकेको एक नेताले बताए ।

उनी माओवादीको बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा कात्तिक अन्तिम सातादेखि सहभागी हुँदै आएका छन् । तर, जिम्मेवारीको सन्दर्भमा विवाद देखिएकाले मंगलबारको बैठकबाट कुनै निष्कर्ष निकाल्न नसकिएको हो । 

उसो त केन्द्रीय समितिको पुस २१ देखि २३ सम्म बैठकमा पनि उनी सहभागी भएका थिए । उपमहासचिव हरिबोल गजुरेलले आजको बैठकमा पुनलाई जिम्मेवारी दिने विषयमा कुनै निर्णय नभएको बताए । 

यस्तै बैठकमा केही प्रदेशमा जिम्मेवारी हेरफेर गर्नेबारेमा पनि छलफल भएको गजुरेलको भनाइ छ। तर सबै विषयमा अर्को बैठकबाट टुंगो लगाइने बताइएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्