०७ साउन २०८३, बिहीबार

श्रीमती निकितासहित रवि रुपन्देहीमा, आज अदालतमा उपस्थित हुने

माघ ९, २०८१
बुटवल
श्रीमती निकितासहित रवि रुपन्देहीमा, आज अदालतमा उपस्थित हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुप्रिम सहकारीको रकम अपचलनमा बयान दिन आज (बुधबार) रुपन्देही अदालतमा उपस्थित हुने भएका छन् । त्यसको लागि उनी मंगलबार साँझ भैरहवा आइसकेका छन् । 

श्रीमती निकिता पौडेल लामिछानेका साथ उनी मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका हुन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने आफैं अदालतमा उपस्थित हुन लागेका हुन् । 

लामिछानेविरुद्ध आइतबार रुपन्देही अदालतमा दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहित गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । 

लामिछाने र पूर्वडीआइजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र जितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।  

पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने अदालतमा हाजिर भएपछि उनको बयान हुनेछ र त्यसपछि थुनछेक बहस शुरू हुनेछ ।

कमेन्ट गर्नुहोस्