२६ असार २०८३, शुक्रबार

विश्वकप महिला क्रिकेट : समूह चरणबाटै बाहिरियो नेपाल

माघ ९, २०८१
काठमाडौं
विश्वकप महिला क्रिकेट : समूह चरणबाटै बाहिरियो नेपाल

आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग पनि पराजित बनेको छ ।

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्रै बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपाल विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले समान २/२ विकेट लिँदा कोल एइन्सवर्थले १ विकेट लिइन् ।

नेपाल यसअघिका दुवै खेलमा पराजित बनेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

आज अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्