
भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकालगायत अन्य देशहरूमा 'अवैध रूपमा' बसोबास गरिरहेका भारतीय नागरिकको 'न्यायसंगत फिर्ता'को लागि तयार रहेको बताएका छन् ।
वाशिंगटन डीसीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकामा अवैधरूपमा बसेका आफ्ना नागरिक फिर्ता लिन भारत तयार रहेको बताए ।
'यदि हाम्रा कुनै नागरिक यहाँ कानुनी रूपमा बसिरहेका छैनन् र यदि ऊ हाम्रो नागरिक हो भने हामी उसको न्यायोचित भारत फिर्ताको लागि सधैं तयार छौं। त्यसैले अमेरिकाको लागि पनि अवस्था फरक छैन।'
अमेरिकामा डोनाल्ट ट्रम्प राष्ट्रपति भएपछि आप्रवासीहरूविरुद्ध कदम उठाउने चेतावनी दिएका छन् ।