
नेपाली कांग्रेसले संसद्को आजकै बैठकमा अध्यादेश टेबल हुने हुने बताएको छ । संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले दलका नेता बोलेपछि आजै अध्यादेश टेबल हुने बताएका हुन् ।
‘१ बजे बस्ने संसद् अधिवेशनमा दलका शीर्ष नेताहरू बोल्नुहुन्छ,’ घिमिरेले भने, ‘त्यसपछि आज नै यस अघि सरकारले ल्याएको अध्यादेश टेबल हुन्छ । अनि २४ माघमा यसलाई पारित पनि गर्छौं ।’
सरकारले लगानी, व्यावसायिक वातावरण, कानूनी सुधारसहितका विषयलाई सहज बनाउन केही दिन अगाडि पाँचवटा अध्यादेश ल्याएको थियो ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, भूमिसहितका अध्यादेश ल्याएको थियो ।
तर संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै विपक्षीले विरोध गरेका छन् ।