३० असार २०८३, मंगलबार

मुलुकको समृद्धिका लागि विदेश जाने सपना त्याग्न मुख्यमन्त्री आचार्यको आग्रह

माघ १८, २०८१
बुटवल
मुलुकको समृद्धिका लागि विदेश जाने सपना त्याग्न मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबै क्षेत्रमा श्रेष्ठता हासिल गर्नका लागि विदेश जाने सपना त्याग्नुपर्ने बताएका छन् ।

न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्‌घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रले श्रेष्ठता हासिल गर्न सके विदेश जाने सपना देख्नै नपर्ने बताए ।

'म विद्यार्थीहरूलाई भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैन,' उनले भने, 'आफ्नै देशको भूमिमा अवसरहरूको सृजना गर्न, नवप्रवर्तनका क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरू छन् । देशलाई तपाईंहरूको योगदानको खाँचो छ ।'

लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको समेत उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्