११ साउन २०८३, सोमबार

नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो १ सय २३ रनको लक्ष्य

माघ १८, २०८१
काठमाडौं
नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले  थाइल्याण्डलाई जीतका लागि एक सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको हो । ​

नेदरल्याण्ड्सका लागि कप्तान बाबित डि लिडेले सर्वाधिक ५२ रन जोडिन् । उनले ५० बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् ।

त्यस्तै आरिस विलिङले २८ रन जोडिन् । थाइल्याण्डका लागि थैपच पुत्टाओङले दुई विकेट लिइन् ।

थाइल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

salt training

कमेन्ट गर्नुहोस्