नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेका छन्।
कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमका लागि प्रचण्ड शनिबार चितवन पुगेका हुन् ।
चितवन बसाइका क्रममा प्रचण्ड संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७औं स्थापना दिवस तथा वार्षिक साधारण सभामा समेत सहभागी हुनेछन् ।
प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भए पनि चितवन प्रचण्डको गृहजिल्ला हो ।
अघिल्लोपटक प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए । प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर छिन् ।