
नेपाली कांग्रेसको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको उक्त विभागको सदस्यमा उनीहरूलाई मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा राजकुमार पाण्डे- काठमाडौं, ज्ञानबहादुर शाही-जाजरकोट, देवकीदेवी सिंह- डडेल्धुरा, कल्पना श्रेष्ठ- भक्तपुर र श्यामकृष्ण महर्जन- काठमाडौं रहेका छन् ।
यसैगरी सरिता बीसी- रुकुम पूर्व, विजयजंग बस्नेत- मोरङ, प्रेमबहादुर विक- नवलपरासी, सञ्जीव पुडासैनी- गोरखा र सपुतबहादुर कार्की- रौतहट रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।