२४ असार २०८३, बुधबार

हमासद्वारा तीन इजरायली बन्धक रिहा, १८३ प्यालेस्टिनी पनि छुटे

माघ १९, २०८१
काठमाडौं
हमासद्वारा तीन इजरायली बन्धक रिहा, १८३ प्यालेस्टिनी पनि छुटे

प्यालेस्टिनी समूह हमासले गाजामा युद्धविराम सम्झौताअनुसार शनिबार थप तीन इजरायली बन्धकहरूलाई रिहा गरेको छ।

रिहा हुनेमा ३४ वर्षीय यार्डेन बिबास, ५३ वर्षीय ओफर काल्डेरोन र ६५ वर्षीय किथ सिगेल छन्।

यी तीन जनालाई हमासले रेडक्रसलाई हस्तान्तरण गरेको बीबीसीले समाचार जनाएको छ। यसको बदलमा इजरायली जेलमा रहेका १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ।

गत जनवरी १९ मा हमास र इजरायलबीच भएको युद्धविराम अन्तर्गत उनीहरूलाई रिहा गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्