
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मंगलबार सर्वदलीय बैठक आह्वान गरिएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताए ।
उनका अनुसार प्रदेशसभाको बुधबार बिहान ११ बजे बस्ने बैठकका कामकारबाहीबारे बैठकमा छलफल हुनेछ ।
प्रदेश सरकारले ल्याएका विभिन्न चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भइ प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले जानकारी दिए ।
प्रदेशसभाको माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा सरकारद्वारा प्रस्तुत गर्ने भनिएका विधेयक अन्तिममा बैठकको कार्यसूचीबाट हटाइएको थियो ।