०३ असार २०८३, बुधबार

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री

माघ २२, २०८१
काठमाडौं
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरू भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताएका छन् ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको साझा प्रयास अपरिहार्य भएको बताए ।

प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

उनले कोही बिरामी नहुन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध होस् भन्नेमा सरकार सचेत रहेको समेत उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना मात्र खान सुझाए । 

उनले सबैको साझा प्रयासबाट कोरोना महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सर निर्मूल गर्न सकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्