१० साउन २०८३, आइतबार

युक्रेनबाट २ जना नेपालीको उद्धार

माघ २४, २०८१
काठमाडौं
युक्रेनबाट २ जना नेपालीको उद्धार

 दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको छ । 
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा तेह्रथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए । 

सेनाको कब्जामा रहेका उनीहरूलाई बुधबार भने युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको संघको भनाइ छ। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको उडानमार्फत शुक्रवार दिउँसो काठमाडौँ आइपुग्न लागेको अध्यक्ष बद्री केसीले जानकारी दिए । 

उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायतको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्