१९ असार २०८३, शुक्रबार

इन्टरनेटको एडिक्सन आगामी दिनमा विपदकै रूपमा आउन सक्ने विज्ञको चिन्ता

माघ २४, २०८१
काठमाडौं
इन्टरनेटको एडिक्सन आगामी दिनमा विपदकै रूपमा आउन सक्ने विज्ञको चिन्ता

इन्टरनेटको एडिक्सन आगामी दिनमा विपदकै रूपमा आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । रोटरी क्लब अफ काठमाडौंआइएसएसआरको सहकार्यमा बुधबार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले इन्टरनेटको एडिक्सनबुलिङको समस्या आगामी दिनमा विपदकै रूपमा आउन सक्ने भन्दै चिन्ता प्रकट गरेका हुन् ।

सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न सामाजिक, मानसिक, आर्थिकलगायत आपराधिक गतिविधिको अवस्था हेर्दा आगामी दिनमा विपदकै रूपमा यो समस्या बढ्न सक्ने उनीहरूको चिन्ता थियो ।   

कार्यक्रममा बोल्ने वक्ताहरूले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक विकल्प नभएको बताए । 

सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिकलगायत मानिसको बहुआयामिक क्षेत्रमा असर गरिरहेको उनको भनाइ थियो । त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जाल पाणघातक रोगका रूपमा फैलिरहेको बताए । 

त्यस्तै, पूर्वमुख्यसचिव शंकर बैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्न जरुरी रहेको बताए । 

null

कार्यक्रममा प्रस्तुतीकरण दिएका मनोरोग विशेषज्ञ डा.प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताए ।

पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसमा मोबाइलको लत बसेको बताए । डिप्रेसन, एन्जाइटीजस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ । 

नेपाल प्रहरीको साइबर ब्युरोका डीएसपी उमेशप्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना बढिरहेको बताए ।

साहका अनुसार सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ । अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन् । 

अध्ययनअनुसार फेसबुकबाट मात्रै १ मिनेटमा २ लाख ४३ हजार फोटो अपलोड हुने गरेको साहले तथ्यांक पेश गरे । यो क्रियाकलापमा १० देखि १२ कक्षामा पढ्ने किशोर किशोरीहरू संलग्न रहने गरेको उनले बताए । 

फेसबुक तथा म्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामूहिक बलात्कारदेखि लिएर किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डीएसपी साहले साइबर क्राइमबारे कानुन नबन्दा अझ समस्या हुने गरेको बताए । उनले भने, ‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नु परेको छ, तर, अहिलेसम्म त्यो दफा अनुसार हुने भनिएको सजायँ कसैमाथि भएको छैन ।’ 

त्यस्तै आइटी विशेषज्ञ अश्विनी भट्ट्राराईले कतिपय किशोर किशोरीहरू जानी/नजानी बुलिङको शिकार भइरहेको बताइन् । सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने उनको भनाइ छ । उनले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै अधिवक्ता रामचन्द्र गौतम (आरसी)ले साइबर अपराधमा संलग्नलाई कारवाहीको पाटोमा कानुन चुकेको बताए । यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए । 

कार्यक्रममा बोल्दै रोटरी क्लव अफ काठमाडौंका अध्यक्ष शुशीलकुमार कार्कीले मोबाइलको एडिक्सन र बुलिङले मानव जीवनमा विपदकै रूप लिन थालेको भन्दै यसको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्