
नेपाली कांग्रेले सरकारले कानुनी अप्ठ्यारालाई मिलाउन र स्पष्ट गर्न ल्याएको अध्यादेशमा जसपा नेपालले समर्थन गर्ने जनाएको छ ।
संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा सत्तारूढ दलकै बेन्चमा बसेकोले अध्यादेशमा समर्थन गर्ने बताएका हुन् ।
‘अध्यादेश पारित गर्न प्रतिनिधिसभामा समस्या छैन । तर राष्ट्रिय सभामा जसपाले नेपालले समर्थन गर्छ । हिजो पनि भोट हालेको पार्टी हो । सत्ता पक्षको बेन्चमा बसेको छ,’ घिमिरेले भने, ‘उहाँहरूले समर्थन गर्नुहुन्छ । अध्यादेश पारित हुन्छ । शर्तका कुरा भोलि थाहा पाउनुहुन्छ ।’
घिमिरेले अध्यादेशलाई विरोध गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए । ‘सरकारले कानुनी र कार्यविधिमा स्पष्ट पार्न अध्यादेश जारी गरेको हो,’ घिमिरेले भने, ‘यसैले अध्यादेशलाई विरोध गर्नुपर्ने, विषयवस्तुमा विरोध गर्नुपर्ने कारण छैन ।’
कांग्रेस बैठकले अध्यादेश पारित गर्ने, संसदमा रहेका विधेयकलाई टुंगोमा पुर्याउन पार्टी सशक्त भएर लाग्ने निर्णय पनि गरेको छ ।