काठमाडौं, ५ माघ — ज्योतिषशास्त्रको दार्शनिक खण्डमा सूर्यपुत्र शनिलाई पापी ग्रह मानिएको छ । साथसाथै नवग्रहको न्यायाधीश पनि यसलाई मानिएको छ ।

शनिदेव कालो वर्णको हुनुहुन्छ र अलिकति खोच्याएर हिँड्ने भएकाले उहाँको गति ढिलो छ ।
शनिको वाहन काग हो । रोग, दुःख, संघर्ष, बाधा, मृत्यु, दीर्घायु, भय, पीडा, क्रोध र नपुंसकताको कारक मानिएको छ । शनि मकर र कुम्भ राशिहरूको स्वामी हुन् ।
शास्त्रका अनुसार कुण्डलीमा सूर्यमाथि शनिको प्रभाव परेमा उक्त व्यक्तिलाई पितृसुखको कमी हुन्छ ।
शनिका बारेमा नकारात्मक धारणा बनेको भएपनि खासमा शनि ग्रह न्यायाधीश हुनुहुन्छ । प्रकृतिमा सन्तुलन पैदा गर्ने र सबै प्राणीका साथ न्याय गर्नुहुन्छ । अनुचित र अस्वाभाविक काम गर्ने अनि अन्यायलाई प्रश्रय दिने व्यक्तिलाई मात्र शनिले दुःख दिनुहुन्छ ।
ज्योतिषशास्त्र अनुसार हिजो मंगलवार अर्थात् पुस ४ गतेदेखि वृश्चिकबाट धनु राशिमा शनि प्रवेश गर्नुभएको छ ।
शनिको राशि परिवर्तनबाट मकर राशिलाई साढेसाती शनि दशा शुरु भएको छ । वृश्चिक राशिका लागि अन्तिम चरणको साढेसाती हो भने तुला राशिका व्यक्ति साढेसातीबाट मुक्त भए ।
धनु राशिमा शनि आउँदा कन्या राशिका व्यक्तिका लागि लघुकल्याणी शुरु हुन्छ र वृष राशिका लागि अष्टम शनिको अढैया शुरु हुन्छ ।
शनिको जाप गर्ने अनि दिनदिनै पीपलमा पानी चढाउने गर्दा शनिको दशाबाट मुक्त होइन्छ ।
पञ्जाब केसरी