२२ असार २०८३, सोमबार

नेपाल-भारत दोस्रो स्टार्टअप कनेक्ट : सहकार्य र समन्वयको अवसर जुटाउने प्रयास

माघ २५, २०८१
काठमाडौं
नेपाल-भारत दोस्रो स्टार्टअप कनेक्ट : सहकार्य र समन्वयको अवसर जुटाउने प्रयास

नेपाल-भारत दोस्रो स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ का लागि कर्टन रेजरको आयोजना गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासको आयोजनामा शुक्रबार भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ  रहेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङले स्टार्टअपका लागि अवसर सिर्जना गर्ने नवीनतम् प्रविधि अँगाल्नुपर्ने बताउँदै हालै जारी गरिएको एआई नीतिको मस्यौदामाथि प्रकाश पारेका थिए । एआई र स्टार्टअपको क्षेत्रमा भारत-नेपाल सहयोगलाई थप बढावा दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको शुरूआत गोलमेच सम्मेलनबाट भएको थियो । जसमा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस -आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए ।

null

उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले  भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति मूलधार बनेको बताए ।  डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले डिजिटल परिवर्तनलाई बढावा दिएको उनको भनाइ थियो ।

यस्तै, भारत सरकारको डीपीआइआइटीका सहसचिव सञ्जीवले नेपाली स्टार्टअपहरूलाई सहभागी हुन आग्रह गरे ।​

एसएमकेमा ३,००० भन्दा बढी प्रदर्शकहरू, १०,००० स्टार्टअपहरू, र १,००० लगानीकर्ताहरू, इन्क्यूबेटरहरू र एक्सेलेरेटरहरू समावेश हुनेछन्, जसमा भारत र बाहिरबाट ५०,००० भन्दा बढी व्यावसायिक आगन्तुकहरूको अपेक्षा गरिएको छ।

नेपाल र भारतका स्टार्टअपहरूबीच सहकार्य र समन्वयको अवसर जुटाउने प्रयासस्वरूप यस कार्यक्रमको आयोजना हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्