०६ साउन २०८३, बुधबार

ब्याडमिन्टन संघलाई राखेपको दोस्रो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नदिए बैंक खाता रोक्का गर्ने चेतावनी

माघ २८, २०८१
काठमाडौं
ब्याडमिन्टन संघलाई राखेपको दोस्रो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नदिए बैंक खाता रोक्का गर्ने चेतावनी

राष्ट्रिय खेलकुद परिषद(राखेप)ले उच्च अदालतको आदेश र राखेपको निर्देशनविपरीत ​नेपाल ओलम्पिक कमिटीको विशेष साधारणसभामा सहभागी बनेको नेपाल ब्याडमिन्टन संघलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

संघलाई दोस्रोपटक सोधिएको स्पष्टीकरणमा राखेपले चित्तबुझ्दो जवाफ नदिए बैंक खाता रोक्का गर्ने, पदाधिकारीलाई वैदेशिक यात्रामा रोक लगाउने, सरकारी भौतिक पूर्वाधार प्रयोगमा रोक लगाउनेसम्मको चेतावनी दिएको छ । साथै ऐनको दफा २९ को उपदफा (२) बमोजिमको कारबाही प्रकृयासमेत अगाडि बढाउने चेतावनी राखेपको छ ।

ब्याडमिन्टन संघ उच्च अदालत पाटनको अन्तरिम आदेशविपरीत तथा राखेपको निर्देशनविपरीत ​नेपाल ओलम्पिक कमिटीको विशेष साधारणसभा, विधान संशोधन र निर्वाचनमा सहभागी बनेको थियो ।

त्यस विषयमा राखेपले माघ १९ गते संघलाई स्पष्टीकरण सोधेको थियो ।

तर, संघले चित्तबुझ्दो जवाफ नदिएको भन्दै राखेपले तीन दिन भित्र सफाइ पेश गर्न दोस्रो स्पष्टीकरण सोधेको हो ।

‘परिषद्‌को कार्यकारी समितिको मिति २०८१/१०/२२ गते बसेको ३३ औं बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (१) को व्यवस्था अनुसार पत्र प्राप्त मितिले ३ (तीन) कार्यदिन भित्र आफ्नो उचित कारण सहित दफा २९ को उपदफा (७) बमोजिम सफाइ पेश गर्नुहुन जानकारी गराइन्छ,’ राखेपले माघ २५ गते लेखेको पत्रमा उल्लेख छ ।

चित्तबुझ्दो जवाफ नदिए संघको बैंक खातासमेत रोक्का गर्ने चेतावनी राखेपको छ ।

‘तोकिएको समयभित्र चित्तबुझ्दो लिखित जवाफ प्राप्त नभएमा त्यस संघको बैंक खाता रोक्का गर्ने, संघका पदाधिकारीहरूलाई वैदेशिक सहभागितामा रोक लगाउने, संघलाई सरकारी भौतिक पूर्वाधार प्रयोगमा रोक लगाउनुका साथै ऐनको दफा २९ को उपदफा (२) बमोजिमको कारबाही प्रकृया समेत अगाडि बढाइने व्यहोरा कार्यकारी समितिको मिति २०८१ माघ २२ गतेको निर्णयअनुसार जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ । ​

पढ्नुहोस्, यो पनि :

ब्याडमिन्टन संघमा भद्रगोल: ८ वर्षदेखि साधारणसभा भएन, अनुदानको रकममा समेत अनियमितता

कानून मिचेर साधारणसभा गर्दै ब्याडमिन्टन संघ, प्रदेश खेलकुद परिषद्ले भने– अवैध हो, मान्यता दिन्नौं

'अवैध साधारणसभा'बाट ब्याडमिन्टन संघ कब्जा गर्ने रामजीको दाउ, बहुमत प्रदेशले मान्यता नदिने

ब्याडमिन्टन संघका अध्यक्षको मनोमानी: कोचको नाम मेटेर असम्बन्धितलाई पेरिस पठाउन जोडबल

ब्याडमिन्टन संघको अवैध साधारण सभालाई राखेपको 'रातो बत्ती', मान्यता नपाउने पक्का

ब्याडमिन्टन संघमा गाईजात्रा : १४-१५ जना प्रतिनिधि राखेर साधारण सभाको नाटक

salt training

कमेन्ट गर्नुहोस्