२५ असार २०८३, बिहीबार

वीरेन्द्रनगरका सडकमा खाल्डैखाल्डा, पुर्न प्रदेशको मुख ताक्दै नगरपालिका

माघ २९, २०८१
सुर्खेत
वीरेन्द्रनगरका सडकमा खाल्डैखाल्डा, पुर्न प्रदेशको मुख ताक्दै नगरपालिका

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मुटु मानिने वडा नम्बर ६ को आँखा अस्पताल चोक, नेता चोक र वीरेन्द्रचोकमा सडकमा खाल्डैखाल्डा छन् । यस्तै, नेवारेस्थित अमरज्योति माध्यमिक विद्यालय नजिकै रहेको सडकमा पनि बडेमानका खाल्डा छन् ।

प्रदेश प्रहरी कार्यालय जाने बाटोमा पनि खाल्डा परेका छन् ।

सडकका खाल्डाले सवारी दुर्घटनाको जोखिम बढेको छ तर, नगरपालिकाले भने खाल्डा पुर्न चासो दिएको छैन । नगरपालिका प्रदेश सरकारको मुख ताकेर बसेको स्थानीय बताउँछन् । 

‘नगरपालिकाको ध्यान सडकका खाल्डाखुल्डी पुर्नभन्दा पनि पार्क निर्माण तिरै लागेको छ,’ वीरेन्द्रचोकमा व्यापार गर्दै आएका व्यापारी अर्जुन विश्वकर्माले भने, ‘प्रदेश सरकारले चिल्ला सडक बनाउँदा कम्तिमा पालिकाले खाल्डा पुरिदिएको भए सडक दुर्घटनाको जोखिम कम हुन्थ्यो ?’ 

null

वीरेन्द्रनगर नगरपालिका-६, ७ र ८ नम्बर वडाका अधिकांश सडक प्रदेश सरकारले लगानीमा गरे चिटिक्क बनाइएको छ । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले सडकका खाल्डा पुर्न नगरसभाबाट २० लाख विनियोजन गरिएको बताए । 

उनले अबको केही दिनमै सडकका खाल्डा पुर्ने काम शुरू गर्ने बताए । त्यसका अतिरिक्त ग्राबेल गर्न नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्