०४ साउन २०८३, सोमबार
पिकनिक गएको स्कूल बस दुर्घटना

शंखरापुरमा स्कूल बस दुर्घटना : ३ जनाको मृत्यु, ४० जना घाइते

माघ ३०, २०८१
काठमाडौं
शंखरापुरमा स्कूल बस दुर्घटना : ३ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौंको शंखरापुरमा भएको स्कूल बस दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने थप ४० जना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका-५ कात्तिकेमा बुधबार दिउँसो भएको दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको र ४० जनाको उपचार भइरहेको प्रहरीले  जनाएको छ ।

मृतकमध्ये शुशांक डोटेलको नाम खुलेको र बाँकी दुई जनाको नामावली आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपीलराज बोहोराले जानकारी दिए । 

चाबहिलको मैजुवहालमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि गएको बा २ ख ७९५८ नम्बरको नगरकोटबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ भीमटार घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका प्रहरीले जनाएको छ। 

घाइतेमध्ये तीन जनाको शंखरापुर अस्पतालमा उपचार भइरहेको छ। एनएमसीमा अस्पतालमा ११ जना  र त्रिवि शिक्षण अस्पतालमा ४ जना घाइतेहरू पुर्‍याएकोमा एनएमसी अस्पतालमा एक जना र शिक्षण अस्पतालमा एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पिपुल्स लाइफ कियर अस्पतालमा २४ जनाको उपचार भइरहेको छ । 


पिपुल्स लाइफ कियर अस्पतालमा  उपचारार्थ  घाइतेहरू :                         
१)फिलिप लामा वर्ष १० 
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार  वर्ष  १६
५)सुजन मगर  वर्ष १६
६) सिरिसा  सिवेदि वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३ 
१४)सुहाना गुभाजु वर्ष  १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना  रेज्मि वर्ष ३२
१७)बिकल्प  श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे वर्ष २३
१९) सुविता तामाङ  वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १० 
(२ जनाको नामावली आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचार्थ :
१)आदित्य सुनार वर्ष १२/१३
२) धिरज साउद वर्ष १४ ,
३) सन्देश गिरि वर्ष १३ 
४) शुशांक डोटेल उपचारको क्रममा मृत घोषणा  । 

एनमसी अस्पतालमा ११ जना  र टिचिङ अस्पतालमा ४ जना  घाइतेहरू पुर्‍याइएकोमा एनएसमी अस्पतालमा १ जना र टिचिङमा १ जनाको उपचारको क्रममा मृत्यु भएको । (नामावली आउन बाँकी)
जम्मा घाइतेहरू : ४३ जना
मृत्यु : ३ जना
उपचार भइरहेको : ४० जना  । 
 

 

salt training

कमेन्ट गर्नुहोस्