
पशुपतिनाथलाई भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकास मन्त्री विश्वजीतप्रताप रानेले ३५ केजी चन्दन उपलब्ध गराएका छन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवामार्फत उनले पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा चन्दन उपलब्ध गराएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
सो अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबीच सदियौँदेखि सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहँदै आएकाले त्यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् । गोवाका मन्त्री रानेले द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाे बताइएको छ ।