२३ जेठ २०८३, शनिबार

दक्षिण कोरियाली होटेलमा आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्यो

फागुन २, २०८१
काठमाडौं
दक्षिण कोरियाली होटेलमा आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्यो

दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक आरामदायी होटलमा शुक्रबार भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी शुरू भएको अधिकारीहरूले बताएका छन् ।

'नेशनल फायर एजेन्सी'का एक अधिकारीले एएफपीलाई बताएअनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटेलमा रहेका थिए ।

कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरू भएको हुन सक्ने अग्नि नियन्त्रण विभागका एक अधिकारीले पत्रकारलाई बताए ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले अधिकारीहरूलाई ‘आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको अर्थ मन्त्रालयले जनाएको छ।​

चोइले भने, 'खोजी र उद्धार कार्यका क्रममा हताहत हुनबाट जोगाउन हरसम्भव प्रयास गरिनुपर्दछ र अग्निनियन्त्रकहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ।'

दिउँसो १ः३० बजेतिर आगो नियन्त्रणमा आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्