२७ जेठ २०८३, बुधबार

अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पताल भर्ना

फागुन ३, २०८१
काठमाडौं
अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पताल भर्ना

पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उपप्रधानमन्त्री पौडेलका प्रेस संयोजक भुवन केसीका अनुसार पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

शनिबार पोखरा महानगरले आयोजना गरेको पोखरा भ्रमण वर्ष घोषणा समारोहलाई उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेल बेलुन पड्किँदा घाइते भएका थिए ।

समारोह उद्‌घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेल स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि घाइते भएका हुन् । उनीसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि घाइते भएका छन् । 

दुर्घटनापछि अर्थमन्त्री पौडेललाई शुरूमा गण्डकी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सिम्रिक एअरको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो । 

अर्थमन्त्री विष्णुसँगै पोखराका मेयर आचार्य पनि कीर्तिपुर बर्न अस्पताल भर्ना भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्