
रोल्पामा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गंगादेव गाउँपालिका- २ रमहीका ४६ वर्षीय शिवराज खत्री छन् । उनलाई भरुवा बन्दुक १ थानसहित शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।