०३ असार २०८३, बुधबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

फागुन ३, २०८१
रोल्पा
भरुवा बन्दुकसहित १ जना पक्राउ

रोल्पामा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गंगादेव गाउँपालिका- २ रमहीका ४६ वर्षीय शिवराज खत्री छन् । उनलाई भरुवा बन्दुक १ थानसहित शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्