२६ जेठ २०८३, मंगलबार

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

फागुन ४, २०८१
काठमाडौं
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्