२८ जेठ २०८३, बिहीबार

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिइने

फागुन ४, २०८१
काठमाडौं
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिइने

रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ ।

औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ । 

अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने निजी सचिवालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच  हजार रहेका अनुमान गरेको छ ।

विक्रम संवत् २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्